रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामतको दिन उहाँलाई एउटा जलाशय (पोखरी) प्रदान गरिनेछ,जसको लम्बाइ र चौडाइ एक महिना (यात्रा)को दूरी बराबर हुनेछ । र त्यसको पानी दूध भन्दा सेतो हुनेछ । र त्यसको सुगन्ध कस्तुरी भन्दा उत्तम हुनेछ । र त्यहाँ राखिएका (पानी खाने) कचौराहरूको सङ्ख्या आकाशका ताराहरू जत्तिकै धेरै हुनेछन् । जसले ती कचौराले त्यो जलाशय (पोखरी) को पानी पिउँनेछ, उसलाई कहिल्यै तिर्खा लाग्नेछैन ।