अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "निश्चय नै कपडा जसरी पुरानो हुन्छ त्यसरी तिमीहरूको हृदयमा ईमान (आस्था) पनि पुरानो हुँदै जान्छ। त्यसैले अल्लाहसँग हृदयको ईमानलाई सधैँ नयाँ बनाइरहनुको निमित्त प्रार्थना गर्दै गर्नु । सही - हाकिम र तबरानीले वर्णन गरेका छन्
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मुस्लिमको हृदयमा ईमान त्यसरी नै पुरानो र कमजोर हुँदै जान्छ जसरी नयाँ कपडा लामो समयसम्म प्रयोग गरेपछि पुरानो भइजान्छ । र यो आस्थाको कमजोरी उपासनामा सुस्ती, पापको कार्यहरू, वा वासनामा डुबेको कारणले हुन्छ । त्यसैले, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले हामीलाई फर्ज(अनिवार्य) कर्महरू पूरा गर्ने, अल्लाहको धेरै स्मरण (जिक्र) गर्ने र उहाँसँग क्षमा याचना गर्नेद्वारा हाम्रो ईमानलाई नवीकरण गर्न अल्लाहसँग प्रार्थना गर्न सिकाउनुभएको छ।

explain-icon

fawaed

  • यस हदीसमा धर्ममा अटल रहन र हृदयमा आस्थाको नवीकरणका लागि अल्लाह सँग प्रार्थना गर्ने प्रोत्साहित गरिएको छ।
  • ईमान (विश्वास) भनेको वचन, कर्म, र विश्वास हो, जुन आज्ञाकारिताले बढ्दछ र पापले घट्छ ।
explain-icon

more