नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले जाहिलियत (अज्ञानताको समय) का केही कामहरूबाट सचेत गर्नु भएको छ : उहाँले भन्नुभयो: यीनीहरु हामीहरूमध्ये होइनन् : १- गालामा थप्पड हान्नेहरू, उहाँले विशेष गरी गालाको थप्पडको बारेमा उल्लेख गर्नुभयो किनभने यस्ता अवसरहरूमा सामान्यतया गालामा थप्पड हानिन्छ। अन्यथा, अनुहारको बाँकी भागमा हिर्काउनु पनि निषेध गरिएको छ। २- रिसाएको बेला आफ्नो कलर र गला च्यात्ने व्यक्ति। ३- अज्ञानता युगका मानिसहरू जस्तै हाइ हाइ र बर्बाद भयो भनेर विलाप गर्नु वा (छाती पिटेर) शोक व्यक्त गर्नु आदि।