अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, हज्जतुल-वदाअ (अन्तिम हज) को अवसरमा कुर्बानीको दिन; ठूलो जमरातलाई ढुङ्गाले हान्ने दिनको बिहान उनी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए । उहाँले उनलाई जमरातका लागि ढुङ्गाहरू सङ्कलन गर्न आदेश दिनुभयो, उनले उहाँको लागि सातवटा ढुङ्गाहरू जम्मा गरे । ती प्रत्येक ढुङ्गा चनाको दाना आकारका थिए । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ती ढुङ्गाहरूलाई आफ्नो हत्केलामा राखेर हल्लाउनु भयो र भन्नुभयो: "यही आकारको ढुङ्गा हान्नु।" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले धार्मिक मामिलामा अतिवादबाट टाढा रहन र तोकिएको सीमा उल्लङ्घन नगर्न चेतावनी दिनुभयो, किनभने पहिलेका समुदायहरू धर्ममा अतिशयोक्ति र अतिवादकै कारणले नष्ट भएका थिए। ।