रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भविष्यको बारेमा गैबका अदृश्य कुराहरू बताउने ज्योतिषीहरूको बारेमा सोधिएको थियो, उहाँले भन्नुभयो: तिनीहरूको बारेमा सचेत रहनु, तिनीहरूका वचनको पालन नगर र तिनीहरूको मामिलाको वास्ता नगर । यो सुनेर सहाबाले भने, कहिलेकाहीँ उनको भनाइ सही साबित हुन्छ । जस्तै तिनीहरू भन्छन्, फलानो महिनाको यो दिनमा यस्तो घटना हुनेछ र त्यसपछि तिनीहरूले भने झैं त्यो घटना हुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: वास्तवमा जिन्नहरूले आकाशबाट समाचार सुन्छन् अनि भविष्यको बारेमा बताउने आफ्ना साथीहरू अर्थात् भविष्यवक्ताहरूलाई सुनाउछन् त्यसपछि ज्योतिषीले एउटा सच साँचो कुरामा सयौं झूटहरू मिसाउँछन् ।