अबु अल-अब्बास सहल बिन सअद अस-सा’इदी (रज़ियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर भने, "हे अल्लाहका रसूल! मलाई यस्तो कर्म बताइदिनुहोस्, जसलाई मैले गरेँ भने अल्लाहले मलाई प्रेम गर्नुहुनेछ र मानिसहरूले पनि मलाई प्रेम गर्नेछन्।" तब उहाँले भन्नुभयो: "संसारलाई त्याग र अल्लाहले तिमीलाई माया गर्नुहुनेछ र मानिसहरूसँग भएका कुराहरू त्याग, मानिसहरूले तिमीलाई माया गर्नेछन्।" قال النووي: حديث حسن - رواه ابن ماجه وغيره بأسانيد حسنة
explain-icon

exp

एक व्यक्तिले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, "मलाई यस्तो कार्यको मार्गदर्शन गरिदिनुहोस्, जुन गरेमा अल्लाहले मलाई प्रेम गर्नुहुनेछ र मानिसहरूले पनि मलाई प्रेम गर्नेछन्।" तब उहाँले भन्नुभयो: " यदि तिमीले संसारमा आवश्यकता भन्दा अतिरिक्त र परलोकमा लाभ नहुने कुरा त्याग्यौ, र आफ्नो दीन (धर्म) मा हानि पुर्‍याउन सक्ने कुरा छोड्यौ भने अल्लाहले तिमीलाई प्रेम गर्नुहुनेछ। यदि तिमी मानिसहरू सगँ भएको सांसारिक सम्पत्तिप्रति आसक्त भएनौ भने मानिसहरूले तिमीलाई प्रेम गर्नेछन् । किनभने तिनीहरू स्वभावतः संसारलाई प्रेम गर्दछन् र जसले तिनीहरूसँग त्यसमा प्रतिस्पर्धा गर्दछ, तिनीहरूले उससँग घृणा गर्दछन्। तर जसले त्यसलाई तिनीहरूको निम्ति छोडिदिन्छ, तिनीहरूले उसलाई प्रेम गर्दछन्।"

explain-icon

fawaed

  • यसमा संसारलाई त्याग्ने गुणको उत्कृष्टता स्पष्ट गरिएको छ र अनासक्ति भनेको ती सबै कुराहरू त्याग्नु हो, जसको परलोकमा कुनै लाभ हुँदैन।
  • अनासक्ति (जुह्द) को दर्जा 'वरअ' (सावधानी) भन्दा उच्च हुन्छ। 'वरअ' भनेको हानि हुन सक्ने कुरालाई त्याग्नु हो भने जुह्द भनेको परलोकमा लाभ नहुने कुरालाई त्याग्नु हो।
  • अस-सिन्दीले भन्नुभएको छ: “संसार मानिसहरूलाई प्रिय छ। जो व्यक्ति यसका लागि उनीहरूसँग प्रतिस्पर्धा गर्छ, त्यो उनीहरूको नजरमा उत्तिकै घृणित हुन्छ र जसले उनीहरू र उनीहरूको प्रिय वस्तुलाई त्यागिदिन्छ, त्यो उनीहरूको हृदयमा उति नै प्रिय बन्छ।”