रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक जना मानिसलाई आफ्नो देब्रे हातले खाना खाइरहेको देख्नुभयो र उसलाई दाहिने हातले खाना खान भन्नुभयो । तर अहङ्कारका कारण उसले त्यसो गर्न नसक्ने झूट बोल्यो । त्यसो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसले कहिल्यै पनि आफ्नो दाहिने हातले खान सक्ने छैन भनी भन्नुभयो । अल्लाहले आफ्नो नबीको दुआ स्वीकार गर्नुभयो र उसको दाहिने हात बेकार भयो । त्यो व्यक्तिले फेरि कहिल्यै आफ्नो दाहिने हातलाई खान वा पिउन निमित्त मुखसम्म ल्याउन सकेन ।