अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमीहरूमध्ये कसैले खाना खान्छ भने दायाँ हातले खानुपर्छ, र जब पिउँछ भने दायाँ हातले पिउनुपर्छ। किनकि शैतानले आफ्नो बायाँ हातले खान्छ र पिउँछ।" सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमहरूलाई दाहिने हातले खान र पिउन आदेश दिनुभएको छ र देब्रे हातले खान र पिउन निषेध गर्नुभएको छ; किनभने शैतानले देब्रे हातले खान्छ र देब्रे हातले पिउछ ।

explain-icon

fawaed

  • देब्रे हातले खानपिन गरेर शैतानको नक्कल गर्न निषेध गरिएको छ ।
explain-icon

more