रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पत्नी; उम्मे सल्मा (रजियल्लाहु अन्हा) को छोरा उमर बिन अबू सल्मा, (जो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अभिभावकत्वमा थिए) ले बयान गरेका छन्, म खाना खाँदा आफ्नो हात खाना टिप्नका लागि थालीमा घुमाउने गर्थें र जताततैबाट खाना उठाउँथे, त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई खाना खाने तीनवटा आचरण/तरिकाहरू सिकाउनुभयो: १) खाना खानुअघि बिस्मिल्लाह पढ्नु । २) दाहिने हातले खाना खानु । ३) खाना आफ्नो सामु नजिक को भी भागबाट खानु ।