रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मतलाई सात विनाशकारी अपराध र पापहरूबाट बाँच्न आदेश दिनुभएको छ। जब उहाँसँग यी सात पापहरू के हुन् भनेर सोधियो, तब उहाँले भन्नुभयो: १) शिर्क गर्नु, अर्थात् अल्लाहको समान र तुल्य ठहर गर्नु वा गैरुल्लाह (अल्लाह बाहेक) को उपासना गर्नु । शिर्क (बहुदेववाद) सबैभन्दा ठूलो पाप भएकोले पहिले नम्बरमा उल्लेख गरिएको छ । २) जादू गर्नु । जादु भन्नाले धागो आदिमा गाँठो बाँधेर मन्त्र जप्नु, औषधि र धुवाँ जस्ता पदार्थको प्रयोग गर्नु, जसले मोहित व्यक्तिलाई कित बिरामी बनाउँछ कित उसको ज्यान लिन्छ, वा पति-पत्नी बीचको सम्बन्धलाई विच्छेद गर्दछ । वास्तवमा यो एक दुष्ट कार्य र शैतानी काम हो । जादुमा प्रायजसो शिर्क वा दुष्ट आत्माहरूलाई खुशी पार्ने हराम कार्यहरू गर्नुपर्छ । ३) अल्लाहले हत्या गर्न निषेध गर्नुभएको व्यक्तिको हत्या गर्नु, तर शरीयतले कसैलाई मृत्युदण्डको सजाय दिन्छ भने त्यसलाई कार्यन्वयन गर्ने जिम्मेवारी शासकको हो । ४) ब्याज लिने वा दिने, चाहे त्यो खाइयोस् वा अन्य तरिकाले उपभोग गरियोस् । ५) वयस्कको उमेर नपुगी बाबुको मृत्यु भएको नाबालक बच्चा (अनाथ) को सम्पत्ति हडप्नु । ६) काफिरहरूसँग लड्दा युद्धको मैदानबाट फर्केर भाग्नु । ७) पवित्र महिलाहरू माथि व्यभिचारको झूटो आरोप लगाउने । त्यस्तै पुरुषहरू माथि पनि व्यभिचारको आरोप लगाउने ।