अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यस्तो कुनै दिन जाँदैन जब सेवकहरू बिहान उठ्छन्, आकाशबाट दुईटा स्वर्गदूतहरू ओर्लँदैनन्। एउटा स्वर्गदूत भन्छ, 'हे अल्लाह! खर्च गर्नेलाई उत्तम प्रतिफल दिनुहोस्, अर्को भन्छ: हे अल्लाह, कंजूषलाई नष्ट गर्नुहोस्।" सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, हरेक दिन, जब सूर्य उदाउँछ, दुई स्वर्गदूतहरू अवतरण गर्छन् र पुकार्छन्। एक जना भन्छन्: हे अल्लाह, असल काममा, आफ्ना सन्तानहरूमा, पाहुनाहरूमा र अन्य स्वेच्छिक कामहरूमा खर्च गर्नेहरूलाई राम्रो प्रतिफल देऊ र उनीहरूको सम्पत्तिमा आशिर्वाद देऊ। जबकि अर्कोले भन्छ: हे अल्लाह! जसले आफ्नो हात खर्च गर्नबाट रोक्छ, त्यसको सम्पत्ति नष्ट गर, जुन उसले हकदारहरूलाई दिनबाट रोकेको छ।

explain-icon

Benefits from the Hadith

  • उदार व्यक्तिको लागि बढी प्रतिफलको प्रार्थना गर्नु र उनले खर्च गरेको भन्दा राम्रो कुरा प्राप्त होस् भनेर प्रार्थना गर्नु अनुमति छ। त्यसैगरी, कञ्जुस व्यक्तिको सम्पत्ति नाश होस् भनेर प्रार्थना गर्न पनि उचित छ, यदि उनले आफ्नो धनलाई बचाएर राखे र अल्लाहले तोकेको ठाउँमा खर्च गर्नबाट रोक्यो भने।
  • फरिश्ता (स्वर्गदूत) हरूले सत्कर्मी र धर्मी आस्थावानहरूको लागि उनको सम्पतिमा उन्नति र बर्कत होस् भनेर प्रार्थना गर्छन् र उनीहरूको प्रार्थना स्वीकार गरिन्छ।
  • परिवारमा, नाता सम्बन्ध कायम राख्ने र सबै प्रकारका असल कार्यहरू जस्ता अनिवार्य र ऐच्छिक कार्यहरूमा खर्च गर्न प्रोत्साहन।
  • नेक कार्यमा खर्च गर्ने व्यक्तिको सद्गुण र यसको परिणामस्वरूप अल्लाहले उसलाई राम्रो बदला दिनुहुन्छ। अल्लाहले भन्नुहुन्छः {तिमीले अल्लाहको बाटोमा जे खर्च गर्छौ, उहाँले त्यसको पूर्ण प्रतिफल दिनुहुनेछ र उहाँ सबैभन्दा उत्तम जीविकादाता हुनुहुन्छ।} [सबा: ३९]
  • यो श्राप अनिवार्य खर्चबाट टाढा रहने व्यक्तिको विरुद्धमा छ। स्वेच्छिक खर्चहरूलाई यसमा समेटिएको छैन, किनभने यस्ता खर्च गर्ने व्यक्तिले यो श्रापको हकदार हुँदैन।
  • कन्जुस्याइँ र लोभलाई निषेध गरिएको छ।
explain-icon

More ...