इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु । जुहरअघि दुई रकात, जुहरपछि दुई रकात, मगरिबपछि दुई रकात घरमा, इशापछि दुई रकात घरमा र बिहान (फजर) को नमाज अघि दुई रकात र यस समय कोही पनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भएको ठाउँमा प्रवेश गर्दैन्थ्यो । हफ्सा (रजियल्लाहु अन्हा) ले मलाई भनिन्, जब मुअज्जिनले फजरको अजान दिन्थ्यो तब उहाँ दुई रकात नमाज पढ्नुहुन्थ्यो । अर्को हदीसमा छ: उहाँ जुमा नमाजपछि दुई रकात नमाज पढ्नुहुन्थ्यो । सही - सम्पूर्ण रिवायतहरूद्वारा मुत्तफकुन अलैहि
explain-icon

exp

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हु) ले बताउँनु भयो कि उनले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअत नवाफिल (अनिवार्य बाहेक अतिरिक्त वा स्वैच्छिक नमाज ) हरू याद गरेका छन्, जसलाई सुनन रवातिब (नियमित सुनन) भनिन्छ । (ती नमाजहरू निम्न अनुसार छन्), जुहरअघि दुई रकात र जुहरपछि दुई रकाअत । दुई रकाअत मगरिब पछि घरमा । दुई रकाअत ईशापछि घरमा । फजर भन्दा पहिले दुई रकाअत । यसरी कुल दश रकाअतहरू पूरा भए। र शुक्रबारको नमाज सम्पन्न भएपछि उहाँ दुई रकाअत पढ्नुहुन्थ्यो ।

explain-icon

fawaed

  • यी सुन्नतहरू नियमित रूपमा पढ्नु मुस्तहब (पुण्यदायी) हो ।
  • सुन्नत नमाज घरमा पढ्नु शरीयत अनुसार हो ।
explain-icon

more