explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मस्जिदमा प्रवेश गर्ने व्यक्तिले बस्नु अघि चाहे जुनसुकै समयमा र कुनै पनि उद्देश्यका लागि होस्, दुई रकात नमाज पढ्नुपर्छ भनेर प्रेरित गर्नुभएको छ र यी दुई रकातहरूलाई तहियतुल-मस्जिद भनिन्छ ।

explain-icon

fawaed

  • मस्जिदमा बस्नु अघि तहियतुल-मस्जिदको रूपमा दुई रकात नमाज पढ्नु मुस्तहब हो ।
  • यो आदेश मस्जिदमा बस्न चाहनेहरूका लागि हो । तर जो मस्जिदमा प्रवेश गर्छ र बस्नुअघि नै निस्कन्छ भने ऊ यस आदेशको दायरामा पर्दैन ।
  • मानिसहरूले जमातका साथ नमाज पढिरहेको बेला यदि कोही मस्जिदमा प्रवेश गर्छ भने उसले जमातमा सामेल हुनुपर्छ र उसले दुई रकात नमाज पढ्नु पर्दैन ।