अबू मूसा अश्अरी (रजियल्लाहु अन्हु) ले बताउनुहुन्छ कि हामी आफ्नो कबिलाका केही मानिसहरूसहित रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गयौँ। हामी चाहन्थ्यौं कि उहाँले हामीलाई केही ऊँट प्रदान गरून्, जसमा सवार भई हामी जिहादमा सहभागी हुन सकौँ। तर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खाँदै भन्नुभयो कि उहाँले हामीलाई कुनै सवारी दिनुहुने छैन, किनकि त्यस समय उहाँसँग हामीलाई उपलब्ध गराउने कुनै सवारी थिएन, उनीहरू फर्किए र केही समय बित्यो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ तीनवटा ऊँटहरू ल्याइयो उहाँले ती ऊँटहरू उनीहरूकहाँ पठाइदिनुभयो। । यो देखेर केही मानिसहरूले एक अर्कालाई भने: अल्लाहले हामीलाई यी ऊँटहरूमा बर्कत (आशीर्वाद) दिँने छैनन्; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सवारी नदिने कसम खानुभएको थियो । त्यसैले तिनीहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) उपस्थित भए र यस विषय प्रति सोधे। उहाँले उनीहरूको कुरा सुनेर भन्नुभयो: वास्तवमा, अल्लाहले तिमीहरूलाई सवारी दिनुभएको हो; किनभने उहाँले नै सामर्थ्य प्रदान गर्नुहुन्छ र व्यवस्था गर्ने त उहाँनै हुनुहुन्छ, र म त केवल माध्यम मात्र हुँ, जसद्वारा यो काम सम्पन्न भयो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: जब म कुनै कुरा गर्ने वा नगर्ने कसम खान्छु, अनि त्योभन्दा अर्को कुरामा भलाइ देख्छु भने, म आफ्नो कसमको कफ्फारा (प्रायश्चित) दिन्छु र त्यही गर्छु जुन उत्तम हुन्छ।"