अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म अश्अरी समुदायका केही व्यक्तिहरूसँग रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएँ। मैले उहाँसँग सवारी मागें, तर उहाँले भन्नुभयो: "अल्लाहको कसम! म तिमीहरूलाई सवारी दिन सक्दिनँ र मसँग तिमीहरूलाई दिने कुनै सवारी पनि छैन।" त्यसपछि हामी अल्लाहले चाहेजति समयसम्म त्यहाँ बस्यौं। यसैबीच केही ऊँटहरू उहाँकहाँ आए र उहाँले हामीलाई तीनवटा ऊँटहरू दिन आदेश दिनुभयो। त्यहाँबाट निस्केपछि हामीमध्ये केही मानिसहरूले अरूलाई भने: "अल्लाहले हाम्रो यस कार्यमा बर्कत (आशीर्वाद) दिने छैनन्। हामीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर सवारीको लागि अनुरोध गर्यौं र उहाँले हामीलाई सवारी दिन नसक्ने कसम खानुभयो, तर पछि उहाँले हामीलाई दिनुभयो।" अबू मुसाले भने: हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ फर्कियौं र उहाँलाई यस कुराकानीबारे खबर गर्यौं। उहाँले भन्नुभयो: "हेर, मैले तिमीहरूलाई सवारीसाधन दिएको होइन, बरु अल्लाहले तिमीहरूका लागि व्यवस्था गरीदिनुभएको हो। अल्लाहको कसम! जब म कुनै कुरा प्रति कसम खान्छु, अनि त्योभन्दा अर्को कुरामा भलाइ देख्छु भने, म आफ्नो कसमको कफ्फारा (प्रायश्चित) दिन्छु र त्यही गर्छु जुन उत्तम हुन्छ।" सही - मुत्तफकुन अलैहि
explain-icon

exp

अबू मूसा अश्अरी (रजियल्लाहु अन्हु) ले बताउनुहुन्छ कि हामी आफ्नो कबिलाका केही मानिसहरूसहित रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गयौँ। हामी चाहन्थ्यौं कि उहाँले हामीलाई केही ऊँट प्रदान गरून्, जसमा सवार भई हामी जिहादमा सहभागी हुन सकौँ। तर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खाँदै भन्नुभयो कि उहाँले हामीलाई कुनै सवारी दिनुहुने छैन, किनकि त्यस समय उहाँसँग हामीलाई उपलब्ध गराउने कुनै सवारी थिएन, उनीहरू फर्किए र केही समय बित्यो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ तीनवटा ऊँटहरू ल्याइयो उहाँले ती ऊँटहरू उनीहरूकहाँ पठाइदिनुभयो। । यो देखेर केही मानिसहरूले एक अर्कालाई भने: अल्लाहले हामीलाई यी ऊँटहरूमा बर्कत (आशीर्वाद) दिँने छैनन्; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सवारी नदिने कसम खानुभएको थियो । त्यसैले तिनीहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) उपस्थित भए र यस विषय प्रति सोधे। उहाँले उनीहरूको कुरा सुनेर भन्नुभयो: वास्तवमा, अल्लाहले तिमीहरूलाई सवारी दिनुभएको हो; किनभने उहाँले नै सामर्थ्य प्रदान गर्नुहुन्छ र व्यवस्था गर्ने त उहाँनै हुनुहुन्छ, र म त केवल माध्यम मात्र हुँ, जसद्वारा यो काम सम्पन्न भयो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: जब म कुनै कुरा गर्ने वा नगर्ने कसम खान्छु, अनि त्योभन्दा अर्को कुरामा भलाइ देख्छु भने, म आफ्नो कसमको कफ्फारा (प्रायश्चित) दिन्छु र त्यही गर्छु जुन उत्तम हुन्छ।"

explain-icon

fawaed

  • यस हदीस अनुसार, कसैले कसम खान नभने पनि कुनै कुराको पुष्टि गर्नका लागि आफैं कसम खानु जायज छ, चाहे त्यो भविष्यसँग सम्बन्धित नै किन नहोस्।
  • कसम खाँदा 'इन्शाअल्लाह' भनी अपवाद (इस्तिस्ना) गर्नु जायज छ। यदि कसम खाने बेला मनमा 'इन्शाअल्लाह' को नियत गरिएको छ र त्यो अपवाद कसमसँगै जोडिएको छ भने, कसम तोड्नेमाथि कफ्फारा (प्रायश्चित) पूरा अनिवार्य हुँदैन।
  • यसमा जब कुनै व्यक्तिले कसम खान्छ र त्यसपछि त्योभन्दा उत्तम कुरा देख्छ भने, आफ्नो कसम तोडेर कफ्फारा (प्रायश्चित) पूरा गरी त्यो उत्तम कुरा गर्न प्रोत्साहन दिइएको छ।