एक समूह नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो, तिनीहरूको संख्या दश थियो, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरुमध्ये ९ जनाबाट इस्लाम र त्यसप्रति वफादारीको बैअत (वचनबद्धता/प्रतिज्ञा) लिनुभयो, तर एक जनाबाट लिनुभएन । जब यसको बरेमा सोधियो त उहाँले जवाफ दिनुभयो कि उसले तावीज झुण्ड्याएको छ। यो मोती, धागो वा अन्य चीजहरूबाट बनेको हुन्छ र दुष्ट शक्ति, हानि तथा विपत्तिबाट जोगिन घाँटी आदिमा लगाइन्छ। यो सुनेर, त्यस मानिसले ताबीज भएको ठाउँमा आफ्नो हात लग्यो र त्यसलाई काटेर फालिदियो। त्यसपछि मात्र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ऊसँग वफादारीको प्रतिज्ञा (बैअत) लिनुभयो। उहाँले ताबीज विरुद्ध चेतावनी दिँदै त्यसको धार्मिक आदेश (हुक्म) यसरी बताउनुभयो: "जसले ताबीज झुण्ड्याउँछ उसले शिर्क गर्छ ।"