रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भनेर व्याख्या गर्नुभएको छ। भक्तहरूमाथि अल्लाहको अधिकार भनेको केवल एक अल्लाहको उपासना गर्नु र उहाँसँग अरू कसैलाई साझेदार नबनाउनु हो। अल्लाहमाथि भक्तहरूको अधिकार यो हो कि एकेश्वरवादी भक्तहरू लाई; जसले उहाँसँग कसैलाई साझेदार बनाएनन्, दण्ड नदिनु हो । पछि मुआजले भने: हे अल्लाहका रसूल! के म मानिसहरूलाई यसको शुभ समाचार नदिउँ ? ताकि उनीहरु यो अनुग्रह थाहा पाएर रमाऊन् र हर्षित होउन् ? तर मानिसहरू यसैमा निर्भर हुनेछन् भन्ने डरले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई त्यसो गर्न मनाही गर्नुभयो।