रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जब अल्लाहले स्वर्ग र नर्कलाई सृष्टि गर्नुभयो, तब अल्लाहले जिब्रील (देवदूत) लाई स्वर्गलाई हेर्न आदेश दिनुभयो, जिब्रीलले गएर देखे र फर्किएर भने: हे प्रभु! तपाईंको महिमा र प्रभुत्वको कसम ! जसले स्वर्ग र यसमा रहेका आनन्द, सत्कार र सुविधाको बारेमा सुन्छ, पक्कै पनि यसमा प्रवेश गर्न चाहन्छ र त्यस निम्ति कार्म गर्नेछ । त्यसपछि, अल्लाह तआलाले स्वर्गलाई मन लाई अप्रिय र कठिन लग्ने सूकर्महरूले घेरिदिनु भयो, जस्तोकि आदेशहरु को पालना गर्नु र वर्जित कुराहरु बाट टाढा हुनु । यसर्थ, स्वरमा प्रवेश गर्नको लागि यी अप्रिय र कठिन सूकर्महरू गर्न आवश्यक छ । त्यसपछि अल्लाहले जिब्रीललाई पुनः स्वर्ग र स्वर्गवासीहरूका लागि बनाइएका चीजहरूलाई हेर्न भन्नुभयो । उनी गए र स्वर्ग देखेर आएर भने: हे मेरो प्रभु! तपाईंको महिमा र प्रभुत्वको कसम ! मलाई डर छ कि स्वर्गमा प्रवेश पाउन निमित्त जुन अप्रिय र कठिन सूकर्महरू गर्नु सम्बन्धमा कठिनाइ र दुखहरू बेहोर्न बाध्य हुनुपर्छ त्यसले गर्दा कोही पनि स्वर्गमा प्रवेश गर्न सक्षम हुने छैन । र जब अल्लाहले नर्कको सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम) लाई नर्कलाई हेर्न आदेश दिनुभयो, अनि उनी गए र देखे , र फर्केर आएर भने: हे प्रभु! तपाईंको महिमा र प्रभुत्वको कसम ! जसले पनि नर्कका पीडा, कष्ट र यातनाहरूको बारेमा सुन्नेछ, उ त्यसमा प्रवेश हुन्छ कि भनेर भयभीत हुनेछ र नर्कमा पार्ने कारणहरूबाट टाढा रहनेछ । त्यसपछि अल्लाहले नर्क र त्यसतर्फ जाने बाटोलाई (वर्जित) इच्छा, आकांक्षा तथा मनमोहक चीजहरूले घेरि दिनुभयो र भन्नुभयो: हे जिब्रील! अब जाऊ र नर्कलाई हेरेर आऊ, जिब्रील गए र देखेर फर्किएर भने: हे मेरा प्रभु! तपाईंको महिमा र प्रभुत्वको कसम, मलाई डर र त्रास छ, कि कुनै पनि मानिस यसबाट बच्नेछैन, किनकि नर्कलाई आकांक्षा, मनमोहक र वासनामय चीजहरूले घेरिएको छ, ( जस तर्फ मन लहसिन्छ )