ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दश श्लोकहरू पढ्थे र ती पदहरूमा रहेको ज्ञान र कर्म

अबु अब्दुर रहमान सुलमी भन्छन्: हामीलाई सिकाउनुहुने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरूले बताउनुभयो, उनीहरू ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दश श्लोकहरू पढ्थे र ती पदहरूमा रहेको ज्ञान र कर्म नसिकेसम्म अन्य दश श्लोकहरू सिक्दैन्थे । सहाबाले भने : हामीले ज्ञान र कर्म (इल्म र अमल) दुवै सिक्यौं ।
हसन - अहमदले वर्णन गरेका छन्

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरूको कुर्आन सिक्ने तरिका के थियो भने उनीहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दश श्लोकहरू सिक्ने गर्थे र ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म नसिकेसम्म अन्य दश श्लोकहरू सिक्दैन्थे । यसरी उनीहरुले ज्ञान र अभ्यास (इल्म र अमल) दुवै एकैसाथ सिके ।

  1. सहाबा (साथी) हरूको महत्व र कुर्आन सिक्नुमा उहाँहरूको उत्सुकता बारे बताइएको छ।
  2. कुर्आन पढ्नु भनेको यसको ज्ञान प्राप्त गर्नु र यस अनुसार कार्यान्वयन गर्नु हो, यसलाई पढ्ने र कण्ठ गर्ने मात्र होइन ।
  3. केही भन्नु वा गर्नु अघि ज्ञान प्राप्त गर्नु अनिवार्य छ ।
Successfully sent!