अबु अब्दुर्रहमान सुलमी भन्छन्: "हामीलाई शिक्षा दिने नबि (सल्लल्लाहु अलैहि वसल्लम)का साथीहरूले हामीलाई बताए कि, उनीहरू नबि (सल्लल्लाहु अलैहि वसल्लम)बाट दश श्लोकहरू पढ्थे। त्यसपछि, ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म राम्रोसँग नबुझ्ने सम्म अर्को दश श्लोकहरू सिक्दैन्थे। सहाबाले भने: 'त्यसरी नै हामीले ज्ञान र कर्म (इल्म र अमल) दुवै प्राप्त गर्यौं।' हसन - अहमदले वर्णन गरेका छन्
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरूको कुर्आन सिक्ने तरिका के थियो भने, उनीहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दश श्लोकहरू सिक्ने गर्थे र ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म नसिकेसम्म अन्य दश श्लोकहरू सिक्दैन्थे । यसरी उनीहरु ज्ञान र अभ्यास (इल्म र अमल) दुवै एकैसाथ सिक्न सफल भए ।

explain-icon

fawaed

  • यसमा सहाबाहरूको महानता र कुर्आन सिक्न प्रति उहाँहरूको उत्सुकता बारे बताइएको छ।
  • कुर्आन पढ्नु भनेको यसको ज्ञान प्राप्त गर्नु र यस अनुसार कार्यान्वयन गर्नु हो, यसलाई पढ्ने र कण्ठ गर्ने मात्र होइन ।
  • केही भन्नु वा गर्नु अघि ज्ञान प्राप्त गर्नु अनिवार्य छ ।
explain-icon

more