उम्मूल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) लाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नैतिकताको बारेमा सोधियो र उनले छोटो र मिठो जवाफ दिदै प्रश्नकर्तालाई कुर्आनलाई अध्ययन गर्न भनिन्, किनभने यो सबै हिसाबले पूर्ण पुस्तक हो । उनले भनिन् : उहाँको आचरण र नैतिकता कुर्आनको एक जीवन्त उदाहरण थियो । उहाँ कुर्आनको आदेशको पालना गर्नुहुन्थ्यो, कुर्आनले निषेध गरेको कुराहरूबाट टाढा रहनुहुन्थ्यो । यसरी उहाँको नैतिकता कुर्आनको व्यवहारिक व्याख्या थियो । उहाँले कुर्आनले तोकेको सीमामा रहनुभयो, यसको शिष्टाचारको पालना गर्नुभयो र यसमा प्रस्तुत उदाहरणहरू र कथाहरूबाट पाठ सिक्नुभयो ।