नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले खर्च गर्ने विभिन्न रूपहरू स्पष्ट रूपमा व्याख्या गर्नुभयो, र खर्चका स्थानहरू धेरै भए र तिनीहरूबीच प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था आएमा, सर्वप्रथम अनिवार्य र अत्यन्त महत्वपूर्ण स्थानबाट नै सुरु गर्नुपर्छ भनेर क्रम निर्देशित गर्नुभयो, अर्थात्, पहिले सबैभन्दा महत्वपूर्ण कार्यमा, तत्पश्चात् त्यसपछि आउने महत्त्वपूर्ण कार्यहरूमा खर्च गर्नुपर्छ; त्यसैले उहाँले बताउनुभयो कि सबैभन्दा बढी प्रतिफल प्राप्त हुने धन त्यही हो, जुन एक मुस्लिमले ती व्यक्तिहरूमाथि खर्च गर्छ जसमाथि खर्च गर्नु उसको लागि अनिवार्य छ, जस्तै: पत्नी र सन्तानहरू। त्यसपछि, अल्लाहको मार्गमा युद्धका लागि तयार पारिएको सवारीमाथि खर्च गर्नु, त्यसपछि अल्लाहको मार्गमा लडिरहेका आफ्ना साथीहरू र सहयात्रीहरूमाथि खर्च गर्नु।