अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूले अल्लाह र उहाँका रसूलप्रति विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्ने छैनौ, र तिमीहरूले एकअर्कासँग प्रेम नगरेसम्म तिमीहरूको आस्था पूर्ण हुने छैन। के म तिमीहरूलाई एउटा यस्तो कुरा नबताऊँ, जुन यदि तिमीहरूले गर्न थाल्यौ भने तिमीहरू आपसमा माया गर्नेछौ? तिमीहरू आपसमा सलाम (शान्तिको अभिवादन) फैलाऊ।” सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, स्वर्गमा आस्थावानहरू मात्र प्रवेश गर्नेछन् र साथै एकअर्कालाई प्रेम नगरेसम्म नत आस्था पूर्ण हुन्छ नत मुस्लिम समाजको अवस्था सुध्रिन्छ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रेमलाई सुदृढ र प्रगाढ बनाउने सर्वोत्तम कुराको मार्गदर्शन गर्नुभयो, त्यो हो मुस्लिमहरूबीच सलाम गर्ने व्यवहार फैलाउनु, जसलाई अल्लाहले भक्तहरूको लागि अभिवादनका रूपमा निर्धारित गर्नुभएको छ।

explain-icon

fawaed

  • स्वर्गमा प्रवेश गर्नलाई आस्थावान् हुन अनिवार्य छ ।
  • पूर्ण आस्था भनेको मुस्लिमले आफ्नो भाइको लागि त्यही मनपराउनु हो जुन उसले आफ्नो लागि मन पराउँछ ।
  • मुस्लिमहरूबीच सलाम (शान्तिको अभिवादन) फैलाउनु र व्यवहारिक रूपले प्रसार गर्नु मुस्तहब (पुण्यदायी) कार्य हो, किनभने यसले मानिसहरूबीच प्रेम र शान्ति फैलाउँछ।
  • सलाम मुस्लिमहरूलाई मात्र गरिनेछ । किनभने हदीसमा "तिमीहरू बीच" भनी उल्लेख गरिएको छ ।
  • सलाम (अभिवादन) गर्दा बोलचाल विच्छेद, इर्ष्या र शत्रुताको अन्त्य हुन्छ ।
  • यो हदीसले मुस्लिमहरू बीचको आपसी प्रेमको महत्त्व र यसको अभावमा आस्था अपूर्ण रहन्छ भन्ने कुरालाई स्पष्ट पार्दछ।
  • ‘अस्सलामु अलैकुम व रह्मतुल्लाहि व बरकातुहु’ सलामको पूर्ण रूप हो, जुन अर्को हदीसमा उल्लेख गरिएको छ र ‘अस्सलामु अलैकुम’ भन्नु पनि पर्याप्त हुन्छ ।
explain-icon

more