अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : “विधुवा, एकल महिला, गरीब र दीन-दु:खीहरूको हेरचाह र सेवा गर्ने व्यक्ति जिहाद (धर्म युद्ध) गर्ने वा दिउँसो ब्रत बस्ने र राती सलाह (नमाज) पढ्ने व्यक्ति सरह हो ।” सही - मुत्तफकुन अलैहि
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले विधुवा असहाय महिलाको हितको ख्याल राख्छ, त्यसैगरी गरिब र दीन-दुःखीहरूको मद्दत र हेरचाह गर्छ, अल्लाहसँग ती कर्महरूको प्रतिफलको आशा राख्दै उनीहरूका लागि खर्च गर्छ भने अल्लाहले उसलाई जिहाद (धर्म युद्ध) गर्ने वा नथाकी तहज्जुदको नमाज पढ्ने र लगातार उपवास बस्ने व्यक्तिसरह पुण्य दिनुहुनेछ।"

explain-icon

fawaed

  • उक्त हदीसमा आपसी सहयोग, एकअर्काको मद्दत र कमजोरहरूको आवश्यकताहरू पूरा गर्न प्रोत्साहन दिइएको छ ।
  • हरेक असल कार्य उपासना हो । विधवा र गरिबलाई सहयोग गर्नु पनि उपासना हो ।
  • इब्न-ए-हुबैरा भन्छन्: यसको अर्थ भनेको अल्लाहले उसलाई एक साथ उपवास बस्ने, तहज्जुद पढ्ने र अल्लाहको मार्गमा युद्ध गर्ने व्यक्ति बराबर पुरस्कृत गर्नुहुन्छ; किनभने उसले पतिले गरे जस्तै विधवाहरूको हेरचाह गर्दछ, आफूमाथि खर्च गर्न नसक्ने गरिबहरूमा आफ्नो अतिरिक्त सम्पत्ति खर्च गर्दछ र आफ्नै श्रम परोपकारका लागि अर्पण गर्दछ। त्यसैले उसको प्रतिफल रोजा बस्ने, तहज्जुद पढ्ने र अल्लाहको मार्गमा जिहाद गर्ने व्यक्तिको पुण्य बराबर हुनेछ।
explain-icon

more