रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, यी महत्त्वपूर्ण शब्दहरूद्वारा अल्लाहको जिक्र गर्नु र उहाँलाई सम्झनु यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा राम्रो छ र ती हुन्: "सुब्हानल्लाह्": अल्लाह सबै किसिमको कमीकमजोरीहरू बाट पवित्र हुनुहुन्छ । "अल्-हम्दु लिल्लाह् ": अल्लाहका पूर्णताको विशेषता, माया, सम्मान र श्रद्धाका साथमा वर्णन गरिएको छ । "ला इलाह इल्-लल्लाह् ": अल्लाह बाहेक कोही सत्य ईश्वर छैन । "अल्लाहु अकबर": अल्लाह सबै भन्दा महान र शक्तिशाली हुनुहुन्छ ।