रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरू माथी न्याय र सत्यताका साथ फैसला गर्छन्, उनीहरु न्यायको दिन प्रकाशबाट निर्माण गरिएका उच्च स्थानमा विराजमान हुनेछन् । यी स्थानहरू उनीहरूलाई सम्मान स्वरुप दिइनेछ । यी उच्च स्थानहरू दयालु अल्लाहको दाहिने तर्फ हुनेछन् । स्मरण रहोस, अल्लाहका दुवै हातहरू दाहिने छन् ।