अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरू आफ्ना घरहरूलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) स्थल नबनाऊ । मेरो लागि प्रार्थना (दरूद र सलाम) गर। तिमीहरू जहाँ भए पनि तिमीहरूको प्रार्थना (दरूद र सलाम) म सम्म पुग्नेछ ।” हसन - अबू दाऊदले वर्णन गरेका छन्
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरू लाई नमाज विहीन बनाउन निषेध गर्नुभयो, नत्र ती घरहरू चिहानहरू जस्तै बन्नेछन्, जहाँ प्रार्थना गरिँदैन । त्यसैगरी, चिहानमा बारम्बार जान र त्यहाँ नियमित रूपमा भेला हुन निषेध गरिएको छ, किनकि यसले शिर्कको ढोका खोल्छ । उहाँले पृथ्वीको कुनै पनि भागबाट दरूद पठाउन आदेश दिनुभएको छ; किनकि उहाँमाथि पठाइएको दरूद नजिक र टाढा सबै ठाउँबाट समान रूपमा पुग्छ । त्यसैले बारम्बार उहाँको चिहान नजिक आउनु आवश्यक छैन ।

explain-icon

fawaed

  • घरहरूलाई अल्लाहको उपासना विहीन छाडी राख्न बाट मनाही गरिएको छ ।
  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) को चिहानको जियारत (दर्शन) को लागि यात्रा गर्न निषेध गरिएको छ, किनकि उहाँमाथि पठाइएको दरूद नजिक र टाढा सबै ठाउँबाट समान रूपमा पुग्छ । हो, मस्जिद नबवीमा नमाज पढ्ने मनसायले यात्रा गर्न अनुमति छ ।
  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) को चिहानको जियारतलाई उत्सवको रूपमा लिन निषेध गरिएको छ । अर्थात् निश्चित समयमा विशेष तरिकाले बारम्बार जियारत (दर्शन) गर्नु हराम हो र अन्य चिहानहरू प्रति पनि यही नियम लागू हुन्छ ।
  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) प्रति अल्लाहको कृपा, कि हरेक समय र हरेक ठाउँबाट उहाँमाथि दरुद व सलाम (आशीर्वाद र शान्ति) पठाउन वैध गरिएको छ ।
  • चिहानको नजिक नमाज पढ्न निषेध गरिएको कुरा साहाबाहरू बीच ठहर भईसकेको को हुनाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूलाई चिहान जस्तो नबनाउन आदेश दिनु भयो जहाँ नमाज पढिदैन ।
explain-icon

more