नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ कि आदमका सबै सन्तानहरू आफ्ना कर्मप्रति जवाफदेह हुन्छन्, यी तीन (अवस्थाका मानिसहरू) बाहेक : १. बालक, जबसम्म ऊ वयस्क (बालिग) हुँदैन। २. पागल व्यक्ति, जबसम्म उसको चेतना (होस) फर्किदैन । ३. र सुतिरहेको व्यक्ति, जबसम्म ऊ निद्राबाट ब्युँझिँदैन। यी तीनै वर्गबाट धार्मिक दायित्व र जवाफदेही हटाइएको छ र ती अवस्थामा भएका पापहरू उनीहरूको कर्म लेखामा चढाइँदैन। तरपनि, बालकले सानो उमेरमा गरेका सत्कर्महरूको पुण्य लेखिन्छ; तर पागल र निद्रामा रहेको व्यक्तिका हकमा भने यो लागू हुँदैन। किनकि यी दुवै यस्तो अवस्थामा हुन्छन्, जहाँ उनीहरूबाट हुने उपासनाको स्वीकार्यता सम्भव हुँदैन, किनकि उनीहरूको चेतना गुमेको हुन्छ।