रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, समाजमा बस्ने प्रत्येक मुस्लिमको केही जिम्मेवारी हुन्छ, जुन उसले वहन गर्नुपर्छ । शासक र हाकिम आफ्नो प्रजाका जिम्मेवार हुन् । त्यसैले उनले आफ्ना प्रजामाथि लागु हुने नियम अधिकारहरू सुनिश्चित गर्नुपर्छ, तिनीहरूलाई अत्याचारीहरू बाट जोगाउनुपर्छ, शत्रुहरूविरुद्ध तिनीहरूको रक्षा गर्नुपर्छ, र तिनीहरूको अधिकार हनन हुन नदिन ख्याल गर्नुपर्छ। पुरुषलाई आफ्नो घरपरिवारको पालनपोषण गर्ने, उनीहरूसँग राम्रो व्यवहार गर्ने, शिक्षा प्रदान गर्ने र अनुशासन सिकाउने जिम्मेवारी दिइएको छ। नारीलाई आफ्नो पतिको घरको उचित व्यवस्थापन, छोराछोरीलाई उच्च संस्कार (तरबीयत) सिकाउन र हेरचाह गर्ने जिम्मेवारी दिइएको छ, र ऊ त्यसैको लागि जवाफदेह हुन्छी। दास र नोकरलाई आफ्नो मालिकको सम्पत्तिको संरक्षण गर्ने र उसको सेवा गर्ने जिम्मेवारी दिइएको छ, र ऊ त्यसैको लागि जवाफदेह हुन्छ। प्रत्येक व्यक्ति उसलाई सुम्पिएको कुराको जिम्मेवार हुन्छ र सबैलाई उसको जिम्मेवारी र दायित्वप्रति सोधिनेछ ।