नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि आगामी दिनहरूमा मुस्लिमहरूको शासकहरू स्वार्थपरायण हुनेछन्। उनीहरूले मुस्लिमहरूको सम्पत्ति आफ्नो इच्छा अनुसार खर्च गर्नेछन् र मुस्लिमहरूलाई तिनका अधिकारहरूबाट वञ्चित गर्नेछन्। त्यसैगरी, उनीहरूले धर्मको नाममा यस्ता कार्यहरू गर्नेछन्, जसलाई तिमीहरूले अस्वीकार गर्नेछौ। तब उहाँका साथीहरूले सोधे: त्यस्तो अवस्थामा उनीहरूले के गर्नुपर्छ? तब रसुल (सल्लल्लाहु अलैहि व सल्लम) ले बताउनुभयो कि ती शासकहरुले तिमीहरूको सम्पत्तिमा अधिकार जमाउने कारणले तिमीहरूलाई उनीहरुप्रति गर्नुपर्ने आज्ञाकारिता र पालन जस्तो कर्तव्य पुरा गर्नबाट नरोकोस्। बरु धैर्य राख्नु, सुन्ने र मान्ने कर्तव्य पूरा गर्नु, र उनीहरूसँग अधिकारका लागि विवाद नगर्नु। अल्लाहसँग आफ्नो हक माग्नु, र दुआ गर्नु कि अल्लाहले उनीहरूमा सुधार ल्याइदिउन् र उनीहरूको दुष्टता र अन्याय हटाइदिऊन।