नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जनाबत (सम्भोगको कारणले हुने अशुद्धि) को स्नान गर्दा पहिले आफ्ना दुवै हात धुनुहुन्थ्यो । त्यसपछि उहाँले नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो । त्यसपछि आफ्नो शरीरमा पानी हाल्नुहुन्थ्यो। त्यसपछि आफ्नो दुवै हातले आफ्नो कपाललाई राम्ररी मलेर भित्रसम्म पानी पुर्याउनु हुन्थ्यो । कपालको जरासम्म पानी पुगेको र टाउको भिजेको महसुस हुँदा आफ्नो टाउकोमा तीन पटक पानी हालेर शरीरको बाँकी भाग धुनुहुन्थ्यो । उहाँका श्रीमती आइशा (रजियल्लाहु अन्हा) ले भन्छिन्: म र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट पानी लिन्थ्यौं र सँगै नुहाउने गर्दथ्यौं ।