आस्थावानहरूकी आमा मैमुनह (रजियल्लाहु अन्हा) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को गुस्ल जनाबतको विधि वर्णन गरेकी छिन्। उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) का लागि नुहाउने पानी राखिन् र उहाँलाई कपडाले छेकिदिइन्, त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) निम्न तरिकाले नुहाउनु भयो : १) उहाँले पानीको भाँडोमा हात हाल्नु अघि आफ्नो दुवै हातमा पानी खन्याएर धुनुभयो । २) उहाँले आफ्नो दाहिने हातले देब्रे हातमा पानी खन्याएर आफ्नो गुप्तांग धुनुभयो; ताकि जनाबत (सम्भोग वा वीर्य निस्के) पछिको फोहोर सफा होस् । ३) उहाँले आफ्नो हात भुइँमा रगडेर राम्रोसँग धुनुभयो, ताकि हातमा लागेको फोहोर सफा होस् । ४) आफ्नो मुख कुल्ला गर्नुभयो; अर्थात् मुखमा पानी हालेर, यताउता घुमाएर बाहिर फ्याँक्नुभयो। त्यसपछि नाक सफा गर्नुभयो; अर्थात्, साससँगै नाकमा पानी तान्नुभयो र त्यसलाई बाहिर फ्याँकेर नाक सफा गर्नुभयो। ५) आफ्नो अनुहार र दुवै हात (कुहिनो समेत) धुनुभयो । ६) आफ्नो टाउकोमा पानी हाल्नुभयो । ७) शरीरको बाँकी भागमा पानी खन्याउनुभयो । ८) उहाँ नुहाएको ठाउँबाट अर्को ठाउँमा सर्नुभयो र खुट्टाहरू धुनुभयो, किनभने पहिले ती धुनुभएको थिएन। । त्यसपछि मैमुना (रजियल्लाहु अन्हा) ले शरीर सुकाउनको लागि एउटा कपडा ल्याइन्, तर उहाँले लिनुभएन र हातले आफ्नो शरीरको पानी पुछ्न थाल्नुभयो ।