नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भविष्यवाणी गर्नु भएको छ कि इस्लाम धर्म पृथ्वीको कुनाकाप्चा र सबै भागहरूमा फैलिनेछ। जुनसुकै ठाउँमा दिन र रात पुग्छ, त्यहाँ यो धर्म अवश्य नै पुग्नेछ। सहर, नगर, गाउँ वा मरुभूमिमा कुनै पनि कच्चा वा पक्का घर भए पनि अल्लाहले त्यहाँ इस्लाम धर्म अवश्य पुर्याउनु हुनेछ । जसले यस धर्मलाई स्वीकार गर्छ र यसमा आस्था राख्छ, इस्लामले उसलाई गौरवान्वित तुल्याउने छ। तर जसले यसलाई अस्वीकार गर्छ र कुफ्र गर्छ, ऊ कुफ्रकै कारण अपमानित हुनेछ। त्यसपछि तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले भन्नुभयो कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो कथनको सत्यता मैले आफ्नै परिवारका सदस्यहरूमा देखेको छु। तिनीहरूमध्ये जो मुस्लिम भए, उनीहरूले भलाइ, मान र इज्जत पाए; र जो काफिर रहे, उनीहरूले 'जिजिया' तिर्न साथै अपमान पनि पाए।