अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, “नबी (सल्लल्लाहु अलैहि वसल्लम) पर्दाभित्र बस्ने कुमारी युवतीभन्दा पनि बढी लजालु हुनुहुन्थ्यो। उहाँले कुनै अप्रिय कुरा देख्नुहुन्थ्यो भने, त्यसको असर उहाँको मुहारमा स्पष्ट रूपमा झल्किन्थ्यो।” सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) पुरुषहरूसँग नमिसिएकी, आफ्नो घरमा पर्दामा बस्ने एक अविवाहित युवती भन्दा बढी लजालु हुनुहुन्थ्यो । उहाँको अत्यधिक लजालु स्वभावको एउटा उदाहरण यो थियो कि जब उहाँलाई कुनै कुरा अप्रिय लाग्थ्यो भने उहाँले मुखले केही भन्नुहुन्नथ्यो, तर उहाँको मुहारको रङ र अवस्था परिवर्तन भइहाल्थ्यो। सहाबाहरू (रजियल्लाहु अन्हुम) उहाँको अनुहार हेरेरै बुझिहाल्थे कि यो कुरा उहाँलाई मन परेन।

explain-icon

Benefits from the Hadith

  • यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्यन्तै लजालु हुनुहुन्थ्यो भन्ने कुराको प्रमाण छ, जुन एक उत्कृष्ट चरित्र हो ।
  • अल्लाहका आदेश र पवित्र सीमाहरूको मर्यादा कायम रहुन्जेल, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) अत्यन्त विनम्र हुनुहुन्थ्यो। तर जब अल्लाहका आदेशहरूको उल्लङ्घन गरिन्थ्यो, तब उहाँ क्रोधित हुनुहुन्थ्यो र आफ्ना सहाबाहरूलाई सचेत गराउँदै त्यस्ता कार्यबाट रोक्नुहुन्थ्यो।
  • नम्र र लजालु हुन प्रोत्साहित गरिएको छ; किनकि यसले व्यक्तिलाई सत्कर्म गर्न र दुष्कर्म त्याग्न प्रेरित गर्दछ।
explain-icon

More ...