आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: "रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संक्षिप्त तर व्यापक एवं गहन अर्थ बोकेका प्रार्थना (दुआ)हरूलाई बढी रुचाउनुहुन्थ्यो र त्यसबाहेक अन्य किसिमका प्रार्थनाहरूलाई त्याग्नुहुन्थ्यो।" सही - अबू दाउद र अहमदले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) संक्षिप्त शब्दहरूमा धेरै अर्थ राख्ने, जसमा अल्लाहको प्रशंसा र असल उद्देश्यहरू सामेल हुन्थे र जसले लोक र परलोक दुवैको भलाई समेट्थे, त्यस्ता व्यापक प्रार्थनाहरू (दुआरू) मन पराउनुहुन्थ्यो र यसबाहेक अन्य कुराहरूलाई छोडिदिनुहुन्थ्यो।

explain-icon

fawaed

  • समग्र भलाइका अर्थ समेटिएका सरल शब्दहरूद्वारा प्रार्थना (दुआ) गर्नु मुस्तहब (उत्तम) हो। प्रार्थनामा अनावश्यक बनावटी, कृत्रिम शब्दहरूको प्रयोग गर्नु नापसन्द गरिन्छ; किनभने यस्तो अभ्यास नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को मार्गदर्शन विपरीत हो।
  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई संक्षिप्त तर व्यापक अर्थ बोक्ने शब्दहरू बोल्ने विशेष क्षमता (जवामिउल कलिम) प्रदान गरिएको थियो।
  • रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित दुआहरू गर्न विशेष चासो हुनुपर्छ, चाहे ती लामो र धेरै शब्दहरू भएका नै किन नहोऊन्; किनभने ती सबै दुआहरू असीम एवं व्यापक अर्थ बोकेका (जवामिउल कलिम) हुन्छन्।
explain-icon

cats

explain-icon

more