नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भयो, जब स्वर्गवासीहरू स्वर्गमा प्रवेश गर्नेछन्, अल्लाहले तिनीहरूलाई भन्नुहुनेछ: के तपाईंहरू अझै धेरै आशिष्हरू पाउन चाहनुहुन्छ? स्वर्गवासीहरूले जवाफ दिनेछन्: के तपाईंले हाम्रो अनुहार उज्यालो पार्नुभएन? के तपाईंले हामीलाई स्वर्गमा प्रवेश गराउनुभएन र आगोबाट बचाउनुभएन? स्वर्गवासीहरूको जवाफ सुनेपछि, अल्लाहले पर्दा हटाउनुहुनेछ र त्यसलाई माथि उठाउनुहुनेछ। अल्लाहको पर्दा नूर (प्रकाश) को हो। त्यसकारण, उनीहरूले अहिलेसम्म जेसुकै पाएका भए पनि, उनीहरूका लागि आफ्ना सर्वशक्तिमान प्रभुको दर्शन भन्दा बढी प्रिय अरू केही हुनेछैन।