सहाबी अब्दुल्लाह बिन खुबैब (रजियल्लाहु अन्हु) ले बयान गर्नुभएको छ: पानी परेको र घनघोर अँध्यारो रातमा हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई नमाज पढाइदिउन् भनेर उहाँको खोजी गर्न बाहिर निस्क्यौँ र उहाँलाई भेट्टायौँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अब्दुल्लाह बिन खुबैब लाई भन्नुभयो: "भन" अर्थात पढ, तर उनले केही पनि पढेनन् । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो कुरा दोहोर्याउनुभयो र अब्दुल्लाहले भने: हे अल्लाहका रसूल, म के पढूँ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: सुरतुल-इखलास {कुल हुवल्लाहु अहद} र मुऔवीजतैन {कुल अऊ जु बि-रब्बिल फलक} र {कुल अऊ जु बि-रब्बिनास} बिहान र बेलुका तीन तीन पटक पढनु । यसले तिमीलाई हरेक खराबी र हानिबाट जोगाउँछ ।