नबी (सल्लल्लाहु अलैहि व सल्लम) बिहान फज्रपछि, अर्थात् दिनको आरम्भ हुँदा यो भन्नु हुन्थ्यो: "हे अल्लाह! हामीले तिमीबाट बिहान गर्यौं, तिम्रो संरक्षामा सुरक्षित भयौं, तिम्रा अनुग्रहहरूले ढाकिएका छौं, तिम्रो स्मरणमा व्यस्त छौं, तिम्रो नामको सहायतामा लागेका छौं, तिम्रो तौफीकमा समावेश छौं र तिम्रै शक्ति र सामर्थ्यले हिँडिरहेका छौं। तिमीबाट नै हामीले साँझ गर्यौं, तिमीबाट नै हामी बाँचिरहेका छौं र तिमीबाट नै हामी मर्नछौं।" "र तिमी तर्फै पुनरुत्थान हुनेछ।" यसको अर्थ, म बिहानजस्तै साँझमा पनि यसै प्रकारको भावना राख्छु। म तिम्रो नामले बाँच्दछु, तिम्रो नामले मर्छु। मृत्यु पछि तिमी नै हामीलाई पुनर्जीवित गर्नुहुन्छ। यो अवस्था मेरो लागि सबै समय र सबै परिस्थितिमा स्थायी हुनेछ। म यसबाट कहिल्यै टाढा हुने छैन र यसलाई कहिल्यै छोड्ने छैन। उहाँ बेलुकी अस्र पछि यो दुआ भन्नु हुन्थ्यो : हे अल्लाह ! तपाईँको रक्षामा हामीले साँझ गर्यौं र तपाईंकै रक्षामा हामीले बिहान गर्यौं र तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ । यो दुआमा आएको शब्द "المَصِيْر" को अर्थ यस लोकमा फर्केर आउने ठाउँ र परलोकमा कर्म फल । सो तपाईँ नै मलाई जीवन दान गर्नुहुन्छ र तपाईं नै मलाई मृत्यु दिनु हुन्छ ।