अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक । खुलेआम पाप भनेको एक व्यक्तिले रातमा पाप गर्छ र अल्लाहले उसको पापलाई ढाकिदिनुभए पछि बिहान उठ्दा उसले भन्छ: हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले ढाकिदिएको पर्दालाई हटायो ।" "मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा गरिनेछ, ती व्यक्तिहरूबाहेक जसले सार्वजनिक रूपमा पापहरू गर्छन्। पाप सार्वजनिक गर्नुको अर्थ यो हो कि कुनै व्यक्तिले रातको समयमा कुनै पाप गर्छ र अल्लाहले उसको पापलाई कसैलाई थाहा लाग्न दिनुहुन्न, (तर) ऊ बिहान उठेर भन्छ: 'हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें।' यसरी अल्लाहले ढाकिदिनुभएको पापको आवरण उसले आफैँले च्यातिदिन्छ।" सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पापी मुस्लिमलाई अल्लाहले क्षमा गर्नुहुन्छ, तर जसले पाप गरेपछि खुलेआम गर्वका साथ आफ्नो पापको घोषणा गर्दै हिंड्छ, ऊ क्षमा योग्य छैन; किनभने उसले रातमा गरेको पापलाई अल्लाहले ढाकिदिनुभएको थियो, तर बिहान उठ्दा उसले आफ्नो साथीलाई भन्छ: हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले प्रदान गर्नु भएको आवरणलाई उसले आफैँ हटाइदिन्छ !!

explain-icon

Benefits from the Hadith

  • अल्लाहले कसैको पापलाई लुकाईदिएपछि खुलेआम अरुलाई बताउनु धेरै नै घृणित कुरा हो ।
  • खुलेआम पापको घोषणा गर्नु भनेको आस्थावान (विश्वासी) हरूमाझ अनैतिकता फैलाउनु हो ।
  • अल्लाहले जसका (गोप्य पाप र अपराध) यस संसारमा अरूलाई थाहा हुन दिँदैनन्, उसको (पाप र अपराध) लाई परलोकमा पनि जाहेर हुन दिनुहुन्न, र यो अल्लाहको आफ्ना भक्तहरू प्रतिको अपार कृपा हो ।
  • कुनै व्यक्ति पापमा लिप्त भएमा, उसले त्यसलाई सार्वजनिक गर्नु हुँदैन, बरु अल्लाहसँग तौबा (पश्चात्ताप) गर्नुपर्छ।
  • पापलाई खुल्ला रूपमा प्रकट गर्नेहरू, जो आफुले गरेको पापहरुलाई जानाजानी जाहेर गर्छन, तिनीहरूको पापको गम्भीरता ठूलो छ, र तिनीहरूले आफैंलाई माफी र क्षमाबाट वञ्चित गर्छन्।