अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले व्रत (रोजा) बसेको अवस्थामा बिर्सिएर केही खायो वा पियो भने, उसले आफ्नो व्रत पूरा गरोस्; किनकि उसलाई अल्लाहले नै ख्वाउनु र पिलाउनु भएको हो।" सही - मुत्तफकुन अलैहि
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ कि अनिवार्य वा ऐच्छिक उपवासको अवस्थामा यदि कुनै व्यक्तिले बिर्सिएर खायो वा पियो भने, उसले आफ्नो उपवास पूर्ण गरोस् र त्यसलाई भङ्ग नगरोस्; किनभने उपवास भङ्ग गर्ने उसको कुनै उद्देश्य थिएन। वास्तवमा त्यो अल्लाहद्वारा उसलाई प्रदान गरिएको जीविका हो, जसअन्तर्गत अल्लाहले नै उसलाई ख्वाउनुभयो र पिलाउनुभयो।

explain-icon

fawaed

  • यदि कुनै व्यक्तिले बिर्सेर खायो वा पियो भने उसको व्रत मान्य हुनेछ।
  • बिर्सिएर खाने वा पिउने व्यक्तिलाई कुनै पाप हुँदैन, किनकि यो उसको स्वेच्छाले भएको होइन।"
  • यसमा भक्तहरूप्रति अल्लाहको दया, उनीहरूका लागि सहजता, र उनीहरूबाट कठिनाइ तथा अप्ठ्यारोहरू हटाउने कुरा प्रष्ट हुन्छ ।
  • रोजा बस्ने व्यक्तिले रोजा भङ्ग गर्ने कुनै पनि कुरा खाए वा गरे पनि उसको रोजा तबसम्म भङ्ग हुँदैन, जबसम्म तीनवटा सर्तहरू पूरा हुँदैनन्: पहिलो: उसलाई (त्यो कुराले रोजा भङ्ग हुन्छ भन्ने) ज्ञान हुनुपर्छ, यदि ऊ अज्ञानी छ भने रोजा भङ्ग हुँदैन; दोस्रो: उसलाई (आफू रोजामा रहेको) सम्झना हुनुपर्छ, यदि उसले बिर्सिएर खाएको वा गरेको हो भने उसको रोजा सही रहन्छ र उसले त्यसको कजा राख्नु पर्दैन; तेस्रो: उसले त्यो काम आफ्नै इच्छाले गरेको हुनुपर्छ, बाध्यतामा परेर होइन; अर्थात् उसले रोजा भङ्ग गर्ने कुरा आफ्नै राजीखुसीले प्रयोग गरेको हुनुपर्छ।
explain-icon

cats

explain-icon

more