नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ: जब कुनै नमाज पढ्ने व्यक्तिलाई आफ्नो नमाजमा शंका उत्पन्न हुन्छ र उसलाई थाहा हुँदैन कि उसले तीन रकात पढ्यो वा चार, यस्तो अवस्थामा उसले शंकालाई त्यागेर निश्चित कुरामा भर पर्नुपर्छ। यहाँ तीन रकात निश्चित छ र चारमा शंका छ। त्यसैले उसले तीन रकातलाई आधार मानी एक रकात पूरा गर्नुपर्छ र सलाम फेर्नुअघि दुईवटा सज्दा (सज्दा-ए-सहव) गर्नुपर्छ। यदि उसले वास्तवमा चार रकात पढेको थियो र एक रकात थप्दा पाँच रकात हुन गयो भने, उसले सलाम अघि गरेका दुई सजदा (सहव) ले नमाजलाई जोड बनाउँछ, बिजोड हुन दिँदैन; किनभने ती दुई सजदा एक रकातको सट्टा मानिन्छन्। र यदि उसले तीन रकात नै पढेको थियो भने, एक रकात थप्दा उसको नमाज पूर्ण हुन्छ र उसले कुनै कमीबेशी नगरी नमाज पूरा गरेको हुन्छ। दुईवटा सज्दा (सज्दा-ए-सहव) शैतानलाई अपमानित गर्न, पराजित गर्न र उसका उद्देश्यहरूलाई विफल पार्नका लागि निर्धारित गरिएका हुन्, किनकि उसले नमाजमा भ्रम उत्पन्न गर्ने र त्यसलाई बिगार्ने दुस्साहस गरेको थियो। तर जब आदमका सन्तानले अल्लाहको आज्ञा पालना गर्दै ती सज्दा गरे, तब उसको नमाज पूर्ण भयो। यसको विपरीत, शैतानले भने आदमलाई सज्दा गर्न अस्वीकार गरेर अल्लाहको स्पष्ट अवज्ञा गरेको थियो।