एक सहाबिया (महिला सहाबी) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष निरन्तर रगत बग्ने समस्या बारे गुनासो गरिन् । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई यो अनियमित रक्तस्राव आउनु अघि जति दिन महिनावारी हुन्थ्यो त्यति दिनसम्म नमाजबाट टाढा रहन र त्यसपछि नुहाएर नमाज पढ्न आदेश दिनुभयो । त्यसैले उनी स्वेच्छाले हरेक नमाजको लागि नुहाउँथिन् ।