उम्मे अतिय्या (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग (बैअत) वफादारी को प्रतिज्ञा गरेका थिइन्, उनले भन्नुहुन्छ: "हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो मिसिएको पानीको रंग (भूरा; खैरो) वा पहेँलो रंगको पदार्थलाई केही (महिनावारीको रगतको रूपमा) मान्दैन थियौं ।" सही - رواه أبو داود بهذا اللفظ ورواه البخاري بدون زيادة (بعد الطهر)
explain-icon

Explanation

सहाबीया उम्मे अतिय्या (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, महिलाहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा महिनावारीबाट पवित्र भएपछि योनीबाट निस्कने कालो जस्तै देखिने वा पहेंलो रङ्गको पदार्थलाई महिनावारी महिनावारी मान्दैनथे र यसले गर्दा तिनीहरूले नमाज वा रोजा छोड्दैनथे।

explain-icon

Benefits from the Hadith

  • महिनावारीबाट पवित्र भएपछि योनीबाट निस्कने मटमैलो वा पहेंलो रङ्गको पानीलाई महिनावारी मानिदैन ।
  • महिनावारीको समयमा मटमैलो वा पहेँलो देखिने पानीलाई महिनावारीको रगतको रूपमा मानिन्छ, किनभने यो महिनावारीको अवधिमा निस्केको रगत हो, फरक यति मात्र हो कि सो पदार्थ पानीसँग मिश्रित हुन्छ।
  • महिनावारीबाट पवित्र भइसकेपछि यदि मटमैलो वा पहेँलो पदार्थ निस्कन्छ भने, त्यसको कारणले महिलाले नमाज वा रोजा त्याग्नु पर्दैन। बरु, उहाँले वुजू गरेर नमाज पढ्नुपर्छ।