नबी (सल्लल्लाहु अलैहि व सल्लम) ईदको दिन ईद-गाह (नमाज पढ्ने स्थल) तर्फ निस्किनुभयो। उहाँले महिलाहरूलाई वचन दिनुभएको थियो कि उहाँ तिनीहरूलाई अलग्गै उपदेश दिनुहुन्छ र त्यो दिन उहाँले आफ्नो वचन पूरा गर्नुभयो। हे महिलाहरू! दान गर र धेरै मात्रामा इस्तिग़फार (अल्लाहसँग क्षमायाचना) गर, किनकि यी दुई (दान र क्षमायाचना) पाप माफ गराउने महान् कारण हुन्। मैले इसराको रात तिमीहरूलाई नरकका अधिकांश बासिन्दा देखेको छु। त्यस बेला तीमध्ये एक विवेकी, समझदार र सम्मानित महिलाले भनिन्: "हे रसूल! किन हामी नरकका अधिकांश बासिन्दा हौं? उहाँले भन्नुभयो: यसका धेरै कारणहरू छन्: तिमीहरू धेरै श्राप र गाली दिन्छौ र आफ्ना पतिको अधिकारलाई अस्वीकार गर्छौ। त्यसपछि नबी सल्लल्लाहु अलैहि वसल्लमले तिनीहरूको वर्णन यसरी गर्नुभयो: "बुद्धि र धर्ममा कमी भए पनि, तिमी (महिलाहरू) भन्दा बुद्धिमान, दूरदर्शी र आत्म-नियन्त्रित पुरुषको बुद्धिलाई जित्न सक्षम मैले कसैलाई देखेको छैन।" उनले भनिन्: हे रसूल! हाम्रो बुद्धि र धर्मको कमी के हो? जहाँसम्म बुद्धिको कमीको कुरा छ, दुई महिलाको गवाही एक पुरुषको गवाही बराबर हुन्छ; यही बुद्धिको कमी हो र जहाँसम्म धर्मको कमीको कुरा छ, यो धार्मिक कार्यको कमी हो, किनभने महिनावारीका कारण महिलाहरू केही दिन र रात नमाज पढ्दैनन् र रमजानका केही दिन रोजा बस्दैनन् , यही धर्मको कमी हो। तर यसमा उनीहरूको कुनै दोष छैन, न त यसका लागि उनीहरूलाई सजाय दिइनेछ। किनभने यो त प्राकृतिक संरचनाको हिस्सा हो, जस्तै मानिसलाई धनको प्रेम र आफ्नो काममा चाँडो निर्णय गर्ने प्रवृत्ति र अज्ञानताका साथ जन्म दिइन्छ, तर यस बारेमा चेतावनी दिइएको छ, ताकि महिलाहरूको कारण हुने प्रलोभनबाट सचेत रहन सकियोस्।