अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कुनै पनि मुमिन पुरुषले मुमिन महिलालाई घृणा गर्नु हुँदैन । यदि उसलाई उसको एउटा गुण मन पर्दैन भने अन्य बानी मन पर्नेछ । " वा "अन्य" को सट्टा उहाँले "अर्को" शब्द भन्नुभयो । सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पतिलाई आफ्नी पत्नीप्रति घृणा नगर्न आदेश दिनुभएको छ, जसले अन्याय, परित्याग र सम्बन्ध विच्छेदलाई निम्त्याउँछ । किनभने हरेक मानिसमा जन्मजात केही न केही कमजोरीहरू हुन्छन्। त्यसैले, यदि पतिलाई आफ्नी श्रीमतीको कुनै बानी मन पर्दैन भने, अर्को कुनै बानी निश्चय नै मन पर्न सक्छ। यस्तो अवस्थामा आफूलाई मन पर्ने बानीमा खुशी रहनुपर्छ र मन नपर्ने बानीमा धैर्य धारण गर्नुपर्छ। यसो गर्नाले सुमधुर वातावरण सिर्जना हुन्छ र मन नपर्ने कुराहरू सम्बन्ध विच्छेदको बिन्दुसम्म पुग्ने छैनन् ।

explain-icon

fawaed

  • यस हदीसमा मुमिनलाई निष्पक्ष र न्यायपूर्वक कार्य गर्न, आफ्नी पत्नीसँगको विवादमा तर्कपूर्ण मध्यस्थता स्वीकार गर्न तथा अस्थायी भावनाबाट प्रभावित भई कुनै कार्य नगर्न प्रोत्साहित गरिएको छ।
  • कुनै मुमिन श्रीमान्ले कुनै मुमिन श्रीमतीप्रति घृणा गर्नु हुँदैन, जसले सम्बन्ध विच्छेदजस्तो अवस्था उत्पन्न होस्। बरु, आफूलाई मन नपर्ने पक्षहरूलाई बेवास्ता गरी मन पर्ने पक्षहरूतर्फ ध्यान दिनुपर्छ।
  • यसमा पति-पत्नीलाई सुमधुर सम्बन्ध कायम राख्न प्रोत्साहन दिइएको छ।
  • ईमानले असल नैतिकतातर्फ आह्वान गर्छ। कुनै पनि आस्थावान पुरुष वा आस्थावान महिला असल नैतिकताविहीन हुन सक्दैन। जहाँ ईमान हुन्छ, त्यहाँ निश्चय नै उत्तम गुणहरू अवश्यै पाइन्छन्।