रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सदकाले धनलाई घटाउँदैन, बरू यसले व्यक्तिलाई विपत्तिबाट बचाउँछ र दान गर्नेलाई ठूलो वरदान र भलाई दिनुहुन्छ । यस दृष्टिकोणबाट हेर्दा धन बढेको हुन्छ, घटेको हुँदैन। बदला लिने क्षमता हुँदाहुँदै पनि माफी दिइयो भने त्यसले व्यक्तिको शक्ति र सम्मान बढाउँछ । जब कुनै व्यक्ति कसैलाई खुशी पार्न र कसैबाट फाइदा लिनको लागि नभई केवल अल्लाहको डरले, - नम्रता अपनाउछ, तब अल्लाहले उसलाई उच्च स्थान प्रदान गर्नुहुन्छ ।