अबु साअलबा अल-खुशनी, जुरथूम बिन नाशिर (रजियल्लाहु अन्हु) वर्णन गरिएको छ, रसूल अल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: निश्चय नै अल्लाहले अनिवार्य कर्तव्यहरू (फराइज) तोक्नुभएको छ, तिनलाई बेवास्ता नगर्नु। उहाँले कानुनी सीमाहरू (हुदूद) निर्धारण गर्नुभएको छ, तिनीहरूको उल्लङ्घन नगर्नु। उहाँले केही कुराहरूलाई निषेध (हराम) गर्नुभएको छ, ती वर्जित कार्यहरूमा संलग्न नहुनु। उहाँले केही कुराहरू बिर्सिएर होइन बरु तिमीहरूमाथि दया गरेर उल्लेख नगरी छोड्नुभएको छ, त्यसैले तिनको बारेमा अनावश्यक सोधपुछ नगर्नु। قال النووي: حديث حسن - رواه الدارقطني في سننه وغيره
explain-icon

Explanation

“नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सूचित गर्नुभएको छ, अल्लाहले केही कुराहरूलाई अनिवार्य गर्नुभएको छ र केही फर्ज (कर्तव्य) ठहर गर्नुभएको छ। त्यसैले तिमीहरूले तिनको पालना गर्नुपर्छ र तिनलाई त्याग्ने वा लापरवाही गर्ने कार्य गर्नु हुँदैन। उहाँले तिमीहरूका लागि निश्चित सीमाहरू र निषेधहरू पनि निर्धारण गर्नुभएको छ, जसले तिमीलाई उहाँले मन नपार्ने कुराहरूबाट रोक्छ र सावधान गराउँछ। त्यसैले शरियतको आदेशमा बढी कुरा थप गर्नु हुँदैन। त्यसैगरी, अल्लाहले केही कुराहरूलाई वर्जित गर्नुभएको छ, तिनीहरूबाट टाढा रहनू र तिनको नजिक पनि नजानू र उहाँले बाँकी कुराहरू बिर्सिएर होइन बरु तिमीहरूमाथि दया गरेर उल्लेख नगरी छोड्नुभएको छ, ती कुराहरू मूल रुपमा वैध नै रहनेछन्, त्यसैले तिनको बारेमा अनावश्यक सोधपुछ नगर्नु।"

explain-icon

Benefits from the Hadith

  • यो हदीसले यो प्रमाणित गर्छ, अल्लाह नै शरीअत (कानून) बनाउने हुनुहुन्छ र सम्पूर्ण आदेश उहाँको हातमा छ, उहाँ सर्वोच्च र पवित्र हुनुहुन्छ।
  • यस हदीसले शरियत (इस्लामी कानून) का नियमहरूलाई समेट्छ, चाहे त्यो हुक्म (आदेश) को रूपमा होस् वा इबाहत (मूलतः अनुमत विषय) को रूपमा होस्। किनभने शरई हुक्म (कानूनी निर्णय) कुनै विषयमा या त स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ वा त्यसबारे केही उल्लेख गरिएको हुँदैन। यस नियम र आदेशका विभिन्न प्रकार छन्: केही कुराहरू अनिवार्य (वाजिब) रूपमा वा गर्न प्रोत्छ,हित (मन्दूब) गरिएको रूपमा आदेशित छन् भने केही कुराहरू निषेधित (हराम) वा अवांछनीय (मकरूह) रूपमा रोकिएका छन्; र बाँकी कुराहरू अनुमति प्राप्त (मुबाह) श्रेणीमा पर्छन्।
  • अल्लाहले जुन कुराप्रति कुनै आदेश उल्लेख गर्नुभएको छैन — न अनिवार्य गर्नुभएको छ, न सीमा निर्धारण गर्नुभएको छ, न निषेध गर्नुभएको छ — त्यो कुरा मुल रुपले हलाल (वैध) मानिन्छ।
  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उत्कृष्ट बयान, उहाँले यस हदीसमा वर्णित कुरालाई स्पष्ट रूपमा वर्गीकरण गरी प्रस्तुत गर्नुभएको छ।
  • सर्वशक्तिमान् अल्लाहले अनिवार्य ठहर्याउनुभएका कर्तव्यहरूको पालना गर्नु अति आवश्यक छ।
  • अल्लाहले तोक्नुभएका सीमा र नियमहरूको उल्लङ्घन गर्न निषेध गरिएको छ।
explain-icon

More ...