हकीम बिन हिजाम (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः मैले भने: हे अल्लाहको रसूल ! म जाहिलिया (इस्लाम पूर्व) को समयमा परोपकार गर्थे, दासहरूलाई मुक्त गर्थे तथा पारिवारिक सम्बन्ध कायम राख्थे, के मलाई ती सत्कर्महरूको कुनै प्रतिफल प्राप्त हुनेछ ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " "तिमीले गरेका ती राम्रो कर्महरूको कारणले नै तिमीले इस्लाम स्वीकार गरेको छौ।"
सही - मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले स्पष्ट गर्नुभएको छ कि यदि काफिरले इस्लाम स्वीकार गर्दछ भने, उसलाई इस्लाम स्वीकार गर्नु अघि जाहिलियतको समयमा गरेको दान, दासलाई स्वतन्त्र गराउने, र नातागोतालाई जोड्ने जस्ता सुकर्महरूको प्रतिफल दिइन्छ।
Benefits from the Hadith
यस हदीस ले प्रस्ट पार्छ कि यस लोकमा राम्रो कर्म गर्ने काफिर यदि कुफ्र (अविश्वास) को अवस्थामा मर्यो भने उसले परलोकमा ती असल कर्महरूको कुनै प्रतिफल पाउने छैन ।