अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “मोमिन पुरुष र मोमिन महिलामाथि—उनका जीवन, सन्तान र धनसम्पत्तिमा—निरन्तर विपत्तिहरू (परीक्षाहरू) आउने गर्छन्, यहाँसम्म कि मृत्यु पश्चात् जब उनीहरू अल्लाहसँग भेट गर्छन्, तब उनीहरूको जिम्मामा कुनै पनि पाप बाँकी रहँदैन।” हसन - तिर्मीजी र अहमदले वर्णन गरेका छन्
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि जीवनका परीक्षाहरू र कष्टहरूले आस्थावान मानिसलाई सधैं घेरीरहन्छन्। उसको परीक्षा कहिले स्वास्थ्य र शरीरमा, कहिले सन्तानमा (रोग, मृत्यु, आवज्ञाकारी सन्तान वा अन्य कठिनाइद्वारा) त कहिले सम्पत्तिमा (गरिबी, नोक्सानी वा जीविकाको अभावद्वारा) लिइन्छ। यी कष्टहरूले उसका सम्पूर्ण पापहरू मेटिदिन्छन्, र जब (मृत्युपछि) ऊ अल्लाहसँग भेट्छ, ऊ पापबाट पूर्णतया शुद्ध भइसकेको हुन्छ।

explain-icon

Benefits from the Hadith

  • आस्थावान् भक्तहरूमाथि अल्लाहको कृपाको एउटा उदाहरण यो हो कि उहाँले सांसारिक समस्या र विपत्तिहरूद्वारा तिनीहरूका पापहरू मेटाइदिनु हुन्छ।
  • कष्ट र परीक्षाहरू स्वयं पाप मेटाउने माध्यम हुन्, तर यो लाभ केवल सच्चा आस्थावान् (मोमिन) का लागि मात्र हो। यदि उसले धैर्यधारण गर्छ र अल्लाहको निर्णय (तकदिर) प्रति असन्तुष्टि प्रकट गर्दैन भने, ऊ महान् प्रतिफलको हकदार बन्छ।
  • मन पर्ने वा नपर्ने दुवै अवस्थाहरूमा धैर्य धारण गर्न प्रोत्साहित गरिएको छ। अल्लाहसँग प्रतिफलको आशा राख्दै र उहाँको दण्डबाट भयभीत भई, धैर्यपूर्वक उहाँका आदेशहरूको पालना गर्नुपर्छ र उहाँद्वारा निषेधित कार्यहरूबाट टाढा रहनुपर्छ।
  • हदीसमा "विश्वासी पुरुष र विश्वासी महिला" भनी दुवैलाई छुट्टाछुट्टै उल्लेख गर्नुको उद्देश्य महिलालाई विशेष प्राथमिकता र जोड दिनु हो। यदि केवल "विश्वासी" भनिएको भए पनि महिलाहरू यसमा आफैँ समावेश हुन्थे, किनकि यो कुरा पुरुषका लागि मात्र सीमित छैन। तर "विश्वासी महिला" भनी स्पष्ट उल्लेख गरेर यो जनाइएको छ कि जब महिलालाई कुनै कष्ट वा परीक्षा आइलाग्छ, उनी पनि पुरुष सरह नै आफ्ना पापहरू मेटाउन र महान् प्रतिफल प्राप्त गर्न योग्य हुन्छिन्।
  • मानिसले बारम्बार भोग्नुपर्ने दुःख र पीडालाई सहज बनाउने कुरा यो हो कि, कष्ट र परीक्षाको बदलामा अल्लाहले प्रदान गर्नुहुने प्रतिफल र सम्मान महान् हुन्छ।