जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, "मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग (परस्त्रीमाथि) अकस्मात् पर्ने नजरका विषयमा सोधेँ। उहाँले मलाई आफ्नो दृष्टि तुरुन्तै अरू कतै फर्काइहाल्न आदेश दिनुभयो।" सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

Explanation

जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई पर-स्त्रीमाथि पर्न जाने ‘अचानक दृष्टि’ का बारेमा सोध्नुभयो। जवाफमा उहाँले, तुरुन्तै ज्ञात हुन साथ आफ्नो दृष्टि वा अनुहार अर्कोतर्फ फर्काउने आदेश दिनुभयो। यस्तो अनैच्छिक वा अकस्मात् पर्ने दृष्टिमा कुनै पाप लाग्दैन।

explain-icon

Benefits from the Hadith

  • यसमा नजर तल राख्न प्रोत्साहन दिइएको छ ।
  • यसमा वर्जित कुराहरूमा अनायासै वा भुलवश नजर पर्न गएमा, त्यसतर्फ निरन्तर हेरिरहन वा दृष्टि जमाइराख्न नहुने विषयमा सचेत गराइएको छ।
  • सहाबाहरू (रजियल्लाहु अन्हुम) माझ परस्त्रीतर्फ हेर्नु वर्जित छ भन्ने कुरा सुस्थापित थियो। तसर्थ, जरीर (रजियल्लाहु अन्हु) ले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष जिज्ञासा राख्नुभयो: 'के अचानक पर्न गएको दृष्टि र नियतवश हेर्ने कार्य—दुवैको हकमा आदेश समान हुन्छ कि हुँदैन?'
  • यसमा शरीअतले मानवताको हित र कल्याणप्रति गरेको विशेष ध्यान र हेरचाहको कुरा स्पष्ट हुन्छ। शरीअतले परस्त्रीलाई जानाजानी हेर्न निषेध गरेको छ, किनकि यसबाट यस संसार र परलोक दुवैमा गम्भीर विकृति र खराबीहरू उत्पन्न हुने सम्भावना रहन्छ।
  • सहाबाहरूलाई कुनै समस्या पर्दा उहाँहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोध्ने गर्थे ; त्यसैगरी, आम मानिसहरूले पनि समस्या पर्दा विद्वानहरूसँग सोध्नुपर्छ।