अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : " जबसम्म मानिस एक अर्को व्यक्तिको चिहानको नजिकबाट जाँदा यसो भन्नेछैन:"कस्तो राम्रो हुन्थ्यो, यदि म उसको ठाउँमा भएको भए" तबसम्म कयामत आउने छैन,'" सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कयामत तबसम्म आउँदैन जबसम्म एक व्यक्ति कुनै चिहान निर गएर चिहानमा गाडिएको मानिसको ठाउँमा आफु भइदिएको चाहना गर्दैन (अर्थात् कयामत नजिक यस किसिमको चाहना गरिनेछ)। किनभने झूटा, असत्य र त्यसका अनुयायीहरूको वर्चस्व, प्रलोभन, पाप र गलत कर्महरूको उदयले गर्दा आफ्नो धर्म गुमाउन डर हुनेछ ।

explain-icon

Benefits from the Hadith

  • यस हदीसमा अन्तिम समयमा पाप र प्रलोभनहरू बढ्नेछ भन्ने कुराको संकेत छ ।
  • यसमा आस्था र पुण्य कर्महरूद्वारा मृत्युको लागि तयारी गर्न तथा विपत्ति र प्रलोभनमा फस्ने कुराहरूबाट टाढा रहन सावधानी अपनाउन प्रोत्साहित गरिएको छ ।
explain-icon

More ...