अबू-जर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "कुनै पनि राम्रो कामलाई कहिले पनि तुच्छ नठान्नु, चाहे त्यो आफ्नो भाइलाई मुसुक्क हाँसेर भेट्नु नै किन नहोस ।" सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुण्य कर्म गर्न र थोरै वा सानो भए पनि राम्रो कामलाई तुच्छ ठान्नु हुँदैन भनेर प्रोत्साहन दिनुभयो, जस्तैः भेट्दा मुस्कुराउनु । तसर्थ, प्रत्येक मुस्लिमले यसमा ध्यान दिनुपर्छ, किनभने यसले प्रेमको भावना र खुशी सृजना गर्छ ।

explain-icon

fawaed

  • मुस्लिमहरूको बीच आपसी प्रेम र भेट हुँदा मुस्कुराउने महत्व ।
  • इस्लामी शरीयत एक पूर्ण र व्यापक शरीयत हो । जसमा मुस्लिमहरूको कल्याण, एकता र सद्भाव कायम राख्ने सबै चीजहरू समावेश छन् ।
  • थोरै भए पनि राम्रो काम गर्न प्रोत्साहन ।
  • मुस्लिमहरूको हृदयमा खुशी छर्नु मुस्तहब (प्रोस्ताहित कार्य) हो, किनभने यसले आपसी प्रेम सिर्जना गर्छ ।